२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम उपाध्यायले पूर्णिमायासँग मागे माफी, मुद्दा फिर्ता लिने लिखित सहमति



अ+ अ-

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णिमाया गुरुङसँग माफि मागेका छन् ।

पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर गुरुङको फोटोसहित पोष्ट गरेपछि विवादमा तानिएका थिए । उनले उक्त पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि गुरुङले उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।

उनीहरुबीच भविष्यमा यस्ता किमिसका विषयलाई एकअर्कामा कुनै पनि आरोप प्रत्यारोप नगर्ने एक अर्काबीचको सहमतिमा उल्लेख छ । गुरुङले भोलि चितवन फर्किएर जिल्ला प्रहरी कार्यालयमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिने पनि जानकारी दिइन् ।