११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम उपाध्यायले पूर्णिमायासँग मागे माफी, मुद्दा फिर्ता लिने लिखित सहमति



अ+ अ-

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णिमाया गुरुङसँग माफि मागेका छन् ।

पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर गुरुङको फोटोसहित पोष्ट गरेपछि विवादमा तानिएका थिए । उनले उक्त पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि गुरुङले उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।

उनीहरुबीच भविष्यमा यस्ता किमिसका विषयलाई एकअर्कामा कुनै पनि आरोप प्रत्यारोप नगर्ने एक अर्काबीचको सहमतिमा उल्लेख छ । गुरुङले भोलि चितवन फर्किएर जिल्ला प्रहरी कार्यालयमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिने पनि जानकारी दिइन् ।