५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहको अभिव्यक्तिपछि राजेन्द्र थापाले सम्झिए राजा वीरेन्द्र



अ+ अ-

काठमाडौँ । नेपाली सेनाका पूर्व सहायक रथी राजेन्द्र थापालाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले शनिबार राति दिएको अभिव्यक्तिप्रति दिवंगत राजा वीरेन्द्रलाई सम्झनुभएको छ ।

कामपा प्रमुख शाहले शनिबार राति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेपछि पूर्व सहायक रथी थापाले राजा वीरेन्द्र शाहको परिपक्व भद्रता र अहमविहीन शालिनताको स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ३१ साल फेवातालको चौतारा । पुर्बको रत्न मन्दिरको पर्खालको ढोकाबाट राजा विरेन्द्र शाह, रानी को पैदल सवारी भयो १५ कदम हिँडेर पश्चिम को खाली चहुरमा सवारीको प्रशासनिक क्याम्पको गेटको अमल्दार गार्डले सलाम गरेर भन्यो सरकार परिचय पत्र । म क्याप्टेन, सेक्युरिटी इन्चार्ज मेजर प्रज्वल्ल शमशेर जबरा, डा मेजर खगेन्द्रबहादुर श्रेष्ठ, डा मेजर श्यामबहादुर पाण्डे तथा मुख्य अधिकृत ब्रिगेडियर जनरल सिंहप्रताप शाहलगायत सबै सवारीमा पर्खेर बसेका थियौँ । अर्थात बेस्ट गार्डलाई पनि सवारीकै लागि राखिएको थियो ।

मेजर प्रज्वल्लले पूरै सेक्युरिटीलाई कसैलाई पनि क्याम्पको परिचय पत्र बिना गेटबाट छिर्न नदिने आदेश थियो । तर राजारानीलाई दिउँसै उहाँकै सवारी लिन जर्नल साप समेत पर्खेर बसेको बेला परिचय पत्र माग्ला भनेर कसैले कल्पना गर्ने कुरै भएन । सबै आत्तियौँ । एडिसी जनरल शेरबहादुर मल्ल, एडिसी मेजरहरु शान्तकुमार मल्ल र ताराबहादुर थापा तथा दरबारको सचिव नारायणप्रसाद श्रेष्ठ पनि साथ आएका थिए दरबारबाट । मेजर शान्त कुमारले भने, “ए सरकारलाई चिनेनौ ?” गार्ड– “चिन्या छु । तर मेजरसापको कडा आदेश छ बिना क्याम्पको कार्ड कसैलाई नछाड्नु भनेर ।” उ त गेट नै खोल्दैन । गेट पनि पर्खालमा सानो काठ र टिनको अस्थायी । राजा वीरेन्द्र र रानीले आपसमा हेरेर मुसुमुसु । राजाले संकेत गरे, “खै देखाइदेऊ हाम्रो कार्ड ।” मेजर एडिसीले देखाए, “यी दुइटा कार्ड सरकारहरुको ।” अरु सबैको त गलामा झुन्ड्याउने बाध्यकारी नियम पालना थियो । क्याम्प अवलोकनपछि सरकार फर्कंदा गार्डलाई मुस्कान दिइबक्स्यो ।

त्यो घटना एकछिनमै क्याम्पको ब्रेकिङ न्युज भयो । लौ के कारबाही हुने भयो । तेहीबेर फूलबारीस्थित श्रीनाथ गणको गणपति क समुद्रबहादुर थापाले उनको गणको उक्त अमलदारलाई हल्दारमा बढुवाको बिल्ला लगाइदिने खबर आयो र एक घन्टामा हल्दार । मभन्दा पनि अग्लो र स्मार्ट थियो । बालेन्द्र साहको हिजोको प्रतिक्रियाको प्रसङ्गमा मलाई राजा वीरेन्द्र शाहको यो परिपक्व भद्रता अहमविहीन शालिनताको स्मरण भएकोले यो पोस्ट गरेको छु ।सबै आत्तियौँ । एडिसी जनरल शेरबहादुर मल्ल, एडिसी मेजरहरु शान्तकुमार मल्ल र ताराबहादुर थापा तथा दरबारको सचिव नारायणप्रसाद श्रेष्ठ पनि साथ आएका थिए दरबारबाट । मेजर शान्त कुमारले भने, “ए सरकारलाई चिनेनौ ?” गार्ड– “चिन्या छु । तर मेजरसापको कडा आदेश छ बिना क्याम्पको कार्ड कसैलाई नछाड्नु भनेर ।” उ त गेट नै खोल्दैन । गेट पनि पर्खालमा सानो काठ र टिनको अस्थायी । राजा वीरेन्द्र र रानीले आपसमा हेरेर मुसुमुसु । राजाले संकेत गरे, “खै देखाइदेऊ हाम्रो कार्ड ।” मेजर एडिसीले देखाए, “यी दुइटा कार्ड सरकारहरुको ।” अरु सबैको त गलामा झुन्ड्याउने बाध्यकारी नियम पालना थियो । क्याम्प अवलोकनपछि सरकार फर्कंदा गार्डलाई मुस्कान दिइबक्स्यो ।

त्यो घटना एकछिनमै क्याम्पको ब्रेकिङ न्युज भयो । लौ के कारबाही हुने भयो । तेहीबेर फूलबारीस्थित श्रीनाथ गणको गणपति क समुद्रबहादुर थापाले उनको गणको उक्त अमलदारलाई हल्दारमा बढुवाको बिल्ला लगाइदिने खबर आयो र एक घन्टामा हल्दार । मभन्दा पनि अग्लो र स्मार्ट थियो । बालेन्द्र साहको हिजोको प्रतिक्रियाको प्रसङ्गमा मलाई राजा वीरेन्द्र शाहको यो परिपक्व भद्रता अहमविहीन शालिनताको स्मरण भएकोले यो पोस्ट गरेको छु ।




भर्खरै