२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतलाई हराएमा सुपर फोरमा पुग्ने



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै भारतले नेपालविरुद्ध निर्णायक खेल खेल्ने भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको थियो । पास्तिान र भारतले ले १–१ अंक बाँडे

नेपाल र भारतबीचको खेल सोमबार हुँदैछ । नेपालले उक्त खेलमा भारतलाई हराए सुपर फोरमा पुग्नेछ ।

नेपाल र भारतबीचको खेल सोमबार दिउँसो ३ः१५ मा पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । समूह ए को अन्तिम खेलको रुपमा नेपाल र भारतबीच हुनेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । सोमबारको खेलमा यदि नेपाल विजयी भएमा ३ अंक हुन्छ । त्यसैको कारण १ अंक हुने भारतलाई पछि पार्दै सुपर फोरमा स्थान बनाउनेछ ।

तर यदि उक्त खेल वर्षाको कारण रद्द भएमा वा भारत विजयी हुँदा भारत सुपर फोरमा पुग्नेछ । नेपाललाई सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।