५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतलाई हराएमा सुपर फोरमा पुग्ने



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएसँगै भारतले नेपालविरुद्ध निर्णायक खेल खेल्ने भएको छ । शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको थियो । पास्तिान र भारतले ले १–१ अंक बाँडे

नेपाल र भारतबीचको खेल सोमबार हुँदैछ । नेपालले उक्त खेलमा भारतलाई हराए सुपर फोरमा पुग्नेछ ।

नेपाल र भारतबीचको खेल सोमबार दिउँसो ३ः१५ मा पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । समूह ए को अन्तिम खेलको रुपमा नेपाल र भारतबीच हुनेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । सोमबारको खेलमा यदि नेपाल विजयी भएमा ३ अंक हुन्छ । त्यसैको कारण १ अंक हुने भारतलाई पछि पार्दै सुपर फोरमा स्थान बनाउनेछ ।

तर यदि उक्त खेल वर्षाको कारण रद्द भएमा वा भारत विजयी हुँदा भारत सुपर फोरमा पुग्नेछ । नेपाललाई सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।