५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई भारतले दियो २६७ रनको मध्यम लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ अन्तर्गत भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको क्यान्डीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन जोड्यो ।

भारतका लागि हार्दिक पाण्ड्याले ९० बलमा ८७ रन जोड्दा इशान किशनले ८१ बलमा ८२ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

जसप्रित बुमराहले १६, रवीन्द्र जडेजा र श्रेयस ऐय्यरले १४–१४, शुभमन गिल १० र विराट कोहली र कुलदीप यादवले ४–४ रनमात्रै बनाए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिँदा नशीम शाह र हरिस रउफले ३–३ विकेट लिए ।