एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत भारतले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको भारतले दुई प्रमुख ब्याट्सम्यानलाई गुमाएको छ ।
रोहित शर्मा २२ बलमा ११ रन तथा विराट कोहली ७ बलमा ४ रन जोड्दै आउट भएका हुन् । दुवै जनालाई शाहिन शाह अफ्रिदीले आउट पारे ।
हाल शुभमन गिल र श्रेयस ऐयर क्रिजमा छन् । ताजा अवस्थामा भारत ६.४ ओभरमा २ विकेट गुमाउँदै २९ रनको स्थितीमा छ ।