१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित

प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित
अ अ+ अ-

काठमाडौं । लेखक प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ । यो पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो । लेखक पराजुलीले शनिबार आफुले मनपराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो ।

अंग्रेजी पाठकहरुका प्रिय लेखक पराजुलीले नेपाली साँस्कृतिक परिवेशमा उभिएका आख्यानलाई संसारभर फैलाइरहेका छन् । अघिल्लो पुस्तक लघुकथा संग्रह ‘द गुर्खाज डटर’ जस्तै प्रज्वलको यो उपन्यासले पनि समीक्षकहरुको मन जित्न सफल भइसकेको छ । यसलाई विश्वका अग्रणी अखवारहरुले ‘वर्षकै उत्कृष्ठ पुस्तक’ उपमा दिइसकेका छन् ।

‘यो उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,’ पुस्तकको समीक्षा गर्दै विमोचन समारोहमा लेखिका सगुना शाहले भनिन्, ‘कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ ।’

सिक्किमवासी प्रज्वल नेपालका भान्जा हुन् । उनी दक्षिण एशियाली त्यसमा पनि विशेषगरि भारतीय उपमहाद्वीप भित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन् । सुललित लेखनबाट अघि बढ्ने यी विषयवस्तुले भित्रभित्रै वहस पनि सिर्जना गरिरहेको हुन्छ ।

उनको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशनभए लगत्तै ‘डिलन थोमस प्राइज’ को मनोनयनमा पर्न सफल भएको थियो । त्यसयता प्रज्वल सन् २०१८ र २०२३ मा गरी दुई पटक त्यस पुरस्कारको निर्णायक समेत रहिसकेका छन् ।

सन् २०१५ मा उक्त पुस्तकलाई ‘गोर्खाकी छोरी’ शिर्षकमा नेपाली भाषाका पाठकहरुसम्म ल्याउने पब्लिकेशन्स नेपालयले नै प्रज्वलको यो दोश्रो कृतिलाई पनि तयार पारेको हो ।

‘यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेलाभएका सन्तानहरुको भोगाइमा आधारित छ,’ समारोहमा लेखक प्रज्वलले भने, ‘त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्याण्ड ह्वेर आइ फ्ली’ भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक महशुस गरेँ ।’

यस पुस्तकलाई अंग्रेजी मूल कृतिबाट नेपाली भाषामा अनुवाद विभू लुइँटेलले गरेकी हुन् । विमोचन समारोहमा लेखक प्रज्वलसँग लेखिका सगुनाले संवादसमेत गरेकी थिइन् ।

प्रज्वलको अघिल्लो आख्यानजस्तै यसमा पनि नेपाली पहिचान बोकेका पात्र र तिनका प्रवृत्तिको मिहिन चित्रण गरिएको छ ।

यो उपन्यासले पनि आफुलाई तीन वर्षअघिको ‘इमिल गिमेट प्राइज’ मनोनयनमा पार्न सफल भइसकेको छ भने यसको फ्रान्सेली अनुवाद समेत त्यसै वर्ष उक्त मुलुकको ‘फस्र्ट नोबल प्राइज’ को मनोनयनमा परिसकेको छ । त्यसैगरि बेलायतको ‘इन्डिपेन्डेन्ट’, अमेरिकाको ‘अ कान्सास सिटी स्टार’ र भारतको ‘हिन्दूस्तान टाइम्स’ अखवारहरुले आफ्ना समीक्षाहरुमा यसलाई वर्षकै उत्कृष्ठ पुस्तकको सूचीमा राखेको थियो । भारतकै ‘भोग’ पत्रिकाले दक्षिणएशियाकै आठ सर्वोत्कृष्ठ उपन्यासमध्ये यस पुस्तकलाई पनि समावेश गरेको थियो ।

कार्यक्रममा पब्लिकेशन्स नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले साहित्यमा अनुवाद विधाबारे बोल्दै भने, ुहारुकी मुराकामी र पाउलो कोयल्होजस्ता लेखकहरु उनीहरुले लेख्ने जापानी र पोर्चुगाली समुदायभन्दा अनुदित अंग्रेजी भाषाबाट संसारभर चिनिन्छन्,’ श्रेष्ठले थपे, ‘अनुवाद नभएको भए, यी लेखक लगायत थुप्रै युरोपेली, चिनिया, रुसी लेखन बारे हामी अनविज्ञ रहने थियौं’।

यस्तो महत्वपूण विधा अर्थात् अनुवादका मामलामा नेपाल भित्र देखिएगा बिना अनुमति प्रकाशनको सिलसिलाले हाम्रो प्रकाशन उद्योगबारे विश्वभर अविश्वसनीय छबि बनाउने डर रहने उनको भनाइ थियो । श्रेष्ठले फ्रान्सेली प्रकाशन गृहबाट अनुमति लिएरै आनी छोइङ डोल्माको जीवनी प्रकाशन सुरुगरेपछि नेपालयले हालसम्म विदेशबाट प्रकाशित थुप्रै पुस्तकहरु आधिकारिक रुपमा नेपाली पाठकसम्म पुर्‍याउँदै आएको स्पष्ट पारे ।

कूल ३ सय ८८ पृष्ठको यस पुस्तकलाई पब्लिकेशन्स नेपालयले आठ सय ७५ रुपैयाँमा उपलब्ध गराएको छ ।
नेपाली भाषामा अनुवाद गरिएको पराजुलीको यो पुस्तकलाई विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् भने थुप्रै डट कमबाट यसको इबुक पनि किन्न सकिनेछ ।

फोटो: मोहन पुन र नेपालय