१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैैशाख २४ गते शुक्रबार, कस्तो रहनेछ तपाईको आजको दिन ? हेर्नुहोस् दैनिक राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । दक्षिणा पनि हात पर्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज आँटेको कार्यबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्ला, तर खनपीन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । हाम्रो पात्रो