१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी



file-rss
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना हुनुभएको हो ।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहनुभएका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उहाँ केही दिन अस्पतालमै रहनुहुने जनाउँदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुभएको थियो । रासस




भर्खरै