५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुहाउनासाथ नगर्नुस् यी पाँच गल्ती, कपाल झर्ने समस्या हुन्छ !



अ+ अ-

काठमाडौं । हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् । कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी हुन् पाँच गल्तीहरु जसले कपाल झर्ने समस्या निम्त्याउँछ ।

१) नुहाएपछि चिसो कपाललाई कहिल्यै मालिस गर्नु हुँदैन । कपाल धोएपछि जराहरु ओसिलो र कमजोर भएका हुन्छन् । त्यस्तो समयमा मालिस गर्दा कपाल अत्याधिक झर्छ । 

२) चिसो कपालमा हेयर स्टाइलिङ मेसिनहरुको अत्याधिक प्रयोग गर्नु हुँदैन। चिसो कपालमा ड्रायर वा स्ट्रेटनिङ मेसिन प्रयोग गर्दा कपाल झर्ने समस्या उत्पन्न हुन्छ । 

३) चिसो कपालाई बाँध्नु हुँदैन । कपाल बाँधेमा लामो समयसम्म ओसिलो रहन्छ। त्यसले कपालको जरामा संक्रमण गर्नुका साथै चायाँको समस्या बढाउँछ ।

४) टाउको नुहाएपछि कहिले तुरुन्त बाहिर जानु हुँदैन । वातावरणमा घुमिरहेका धुलाका कण र फोहोरहरु कपालमा टाँसिन आउँछन् र चायाँको समस्या उत्पन्न गराउँछन् । यसले पनि कपाल अत्यधिक झार्छ । 

५) चिसो कपाललाई कोर्ने बानी पनि छोड्नुपर्छ । चिसो कपाल कोर्दा कपाल झर्छ । (एजेन्सीको सहयोगमा)