९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुहाउनासाथ नगर्नुस् यी पाँच गल्ती, कपाल झर्ने समस्या हुन्छ !



अ+ अ-

काठमाडौं । हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् । कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी हुन् पाँच गल्तीहरु जसले कपाल झर्ने समस्या निम्त्याउँछ ।

१) नुहाएपछि चिसो कपाललाई कहिल्यै मालिस गर्नु हुँदैन । कपाल धोएपछि जराहरु ओसिलो र कमजोर भएका हुन्छन् । त्यस्तो समयमा मालिस गर्दा कपाल अत्याधिक झर्छ । 

२) चिसो कपालमा हेयर स्टाइलिङ मेसिनहरुको अत्याधिक प्रयोग गर्नु हुँदैन। चिसो कपालमा ड्रायर वा स्ट्रेटनिङ मेसिन प्रयोग गर्दा कपाल झर्ने समस्या उत्पन्न हुन्छ । 

३) चिसो कपालाई बाँध्नु हुँदैन । कपाल बाँधेमा लामो समयसम्म ओसिलो रहन्छ। त्यसले कपालको जरामा संक्रमण गर्नुका साथै चायाँको समस्या बढाउँछ ।

४) टाउको नुहाएपछि कहिले तुरुन्त बाहिर जानु हुँदैन । वातावरणमा घुमिरहेका धुलाका कण र फोहोरहरु कपालमा टाँसिन आउँछन् र चायाँको समस्या उत्पन्न गराउँछन् । यसले पनि कपाल अत्यधिक झार्छ । 

५) चिसो कपाललाई कोर्ने बानी पनि छोड्नुपर्छ । चिसो कपाल कोर्दा कपाल झर्छ । (एजेन्सीको सहयोगमा)




भर्खरै