२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुल्क वृद्धि पूर्णरुपमा खारेज नभएसम्म आन्दोलन जारी रहन्छ– अनेरास्ववियु



अ+ अ-

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता नभए सम्म अनेरास्ववियुले आन्दोलन जारी राख्ने जनाएको छ ।

अनेरास्ववियुले शुल्क वृद्धि फिर्ता र ७ वटै प्रदेशमा अनिवार्य आङ्गिक कलेज स्थापना गरिनुपर्ने माग राख्दै आन्दोलन जारी राख्ने जनाएको हो । अनेरास्ववियु बाहेक त्रिभुवन विश्वविद्यालय र केही विद्यार्थीसंगठनहरुबीच शुल्क वृद्धिसम्बन्धी पाँच बुँदै सहमति भएको विषयमा समेत अनेरास्ववियुले असन्तुष्टि जनाएको छ ।

शुल्क वृद्धिको पक्षमा मौन समर्थन गरिरहेका सत्ताधारी विद्यार्थी संगठनहरुले अनशन तोड्ने बहानामा शुल्क वृद्धि फिर्ता लिने निर्देशन दिने जस्तो काल्पनिक भएको र शुल्क वृद्धिलाई अनुमोदन गर्ने भनी विद्यार्थीहरुलाई भ्रम पैदा गर्न नक्कली सहमति गरिएको अनेरास्ववियुले जनाएको छ ।

 

अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै सत्ता समर्थीत विद्यार्थी संगठनहरु नै इन्जिनियरिङ अध्ययनको शुल्क बढाउन र निजीकरणलाई प्रश्रय दिन लागि परेको भन्दै शुल्क वृद्धि फिर्ता भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरेको छ । “नेपाल सरकारले इन्जिनियरिङ अध्ययन संस्थानलाई छात्रवृत्तिका लागि प्रदान गर्ने अनुदान रकममा गरेको कटौती खारेज गरी हाल प्रदान गरिएको अनुदानमा वृद्धि गरी संस्थानको सञ्चालन, पूर्ण छात्रवृत्ति वितरण र शुल्क वृद्धि नियन्त्रणका लागि वार्षिक रुपमा आवश्यक अनुदानको व्यवस्था गर्न सरकार समक्ष अनेरास्ववियु जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै शुल्क वृद्धि फिर्ता र ७ वटै प्रदेशमा अनिवार्य आङ्गिक कलेज स्थापना गरिनुपर्ने हाम्रो मागबाट अनेरास्ववियु अलिकति पनि पछि हटेको छैन, तसर्थ शुल्क वृद्धि फिर्ता नभए सम्म अनेरास्ववियुले आफ्ना सबै आन्दोलनहरुलाई थप मजबुत तरिकाले जारी राख्नेछ ।”

अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुल्कवृद्धि पूर्णरुपमा खारेज नहुन्जेल आन्दोलन निरन्तर अघि बढ्ने र भोलिदेखि विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यकक्ष प्रवेश निषेधलगायतका आन्दोलनका कार्यक्रममार्फत अघि बढ्ने बताउनुभयो ।




भर्खरै