१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ



अ+ अ-

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ ।

परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।

क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउँने चलन छ । तर, क्वाँटी खाने चलन भने नेपालमा मात्र छ । क्वाँटी मा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी समावेश गरिन्छ ।

परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ । क्वाटी जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ ।

दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने न्यून हुन्छ । गर्भवतीमा र सुत्केरी भएपछि पनि क्वाटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाटी अति उपयोगी हुन्छ , प्रत्येक साताको दुई–तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यो पौष्टिकताले भरिपूर्ण भोजन हो ।

रोगसँग लड्ने क्षमता वृद्धि गर्न उम्रिएका गेडागुडी खानामा अनिवार्य गर्दा राम्रो हुन्छ । यसमा भिटामिन, प्रोटिन र फाइवर प्रशस्त मात्रामा पाइन्छ । सधैं क्वाँटी खान सम्भव नभए जुनसुकै गेडागुडीलाई पनि उमारेर खाने बानी बसाल्नुपर्छ क्वाटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्वाटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ ।




भर्खरै