७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।

बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिनुभयो । उहाँले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताउनु भयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकबारे जानकारी दिँदै उहाँले भन्नुभयो – ‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडी बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् । समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । उहाँहरुले त्यसलाई एकदम ठिक भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आर्थिक हिसावले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ । यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र दशवटै समितिले खेल्नुपर्ने आ–आफ्नो भुमिकाहरु हामीले एकदमै आफूलाई देशको लागि साक्षि राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडै भन्दा चाँडै सही ढंगले काम थाल्नुपर्‍यो । सहि ढंगले निर्णय गर्नुपर्‍यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुपर्‍यो । भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए ।’

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताउनु भयो । उहाँले पनि समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउने विषय नै सभामुखले राख्नुभएको जानकारी गराउनु भयो ।

उहाँले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भिरतापूर्वक समितिका काम, कारबाही अगाडी बढाउन सभामुखले निर्देशन दिनुभएको उल्लेख गर्नुभयो ।