२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनका यस्ता पनि फ्यान जसले बनाए एक करोड लागतमा मन्दिर



अ+ अ-

एजेन्सी । अक्किनेनी नागार्जुनको जन्म आजभन्दा ठीक ६३ वर्षअघि तेलुगु फिल्म स्टार अक्किनेनी नागेश्वर रावको घरमा भएको थियो । बुबाले जस्तै उनले पनि चलचित्रमा काम गर्ने निर्णय गरे ।

नागार्जुनले हिन्दी र साउथ गरी करिब १०० फिल्ममा काम गरिसकेका छन् । नागार्जुनले सन् १९८६ मा साउथ फिल्म ‘विक्रम’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । साथै, फिल्म ‘शिव’बाट बलिउडमा आफ्नो यात्रा सुरु गरेका थिए ।

आज उनले ६३ औं जन्मदिन मनाउँदै गर्दा एक किस्साबारे यहाँ चर्चा गरौं ।
फिल्ममा अभिनयका कारण नागार्जुनको निकै फ्यान फलोइङ छ । उनका फ्यानहरूको क्रेज यस्तो छ कि एक डाई हार्ट फ्यानले सन् १९९७ मा आएको फिल्म ‘अन्नमय्य’बाट प्रेरित भएर भव्य अन्नमाचार्य मन्दिर बनाइदिए । यो मन्दिर आन्ध्र प्रदेशको गुंटुरमा बस्ने अक्किनेनी नागार्जुनका फ्यान सुधाकर स्वामीले बनाएका हुन् ।

उनले सन् १९९७ मा फिल्म ‘अन्नमय्य’ हेरेपछि यस मन्दिरको शिलान्यास गरेका थिए । यो मन्दिर २२ वर्षको लामो प्रतिक्षापछि सम्पन्न भएको हो । यस मन्दिर निर्माणमा सुधाकर स्वामीका साथीहरूले पनि सहयोग गरेका थिए ।

नागार्जुनका फ्यानले मन्दिरका लागि १ करोड रुपैयाँ संकलन गरेका थिए । यस मन्दिरको नाम श्री अन्नमय्य स्वामी मन्दिर हो ।