२३ श्रावण २०८३, शनिबार
,
Latest
संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनका यस्ता पनि फ्यान जसले बनाए एक करोड लागतमा मन्दिर



अ+ अ-

एजेन्सी । अक्किनेनी नागार्जुनको जन्म आजभन्दा ठीक ६३ वर्षअघि तेलुगु फिल्म स्टार अक्किनेनी नागेश्वर रावको घरमा भएको थियो । बुबाले जस्तै उनले पनि चलचित्रमा काम गर्ने निर्णय गरे ।

नागार्जुनले हिन्दी र साउथ गरी करिब १०० फिल्ममा काम गरिसकेका छन् । नागार्जुनले सन् १९८६ मा साउथ फिल्म ‘विक्रम’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । साथै, फिल्म ‘शिव’बाट बलिउडमा आफ्नो यात्रा सुरु गरेका थिए ।

आज उनले ६३ औं जन्मदिन मनाउँदै गर्दा एक किस्साबारे यहाँ चर्चा गरौं ।
फिल्ममा अभिनयका कारण नागार्जुनको निकै फ्यान फलोइङ छ । उनका फ्यानहरूको क्रेज यस्तो छ कि एक डाई हार्ट फ्यानले सन् १९९७ मा आएको फिल्म ‘अन्नमय्य’बाट प्रेरित भएर भव्य अन्नमाचार्य मन्दिर बनाइदिए । यो मन्दिर आन्ध्र प्रदेशको गुंटुरमा बस्ने अक्किनेनी नागार्जुनका फ्यान सुधाकर स्वामीले बनाएका हुन् ।

उनले सन् १९९७ मा फिल्म ‘अन्नमय्य’ हेरेपछि यस मन्दिरको शिलान्यास गरेका थिए । यो मन्दिर २२ वर्षको लामो प्रतिक्षापछि सम्पन्न भएको हो । यस मन्दिर निर्माणमा सुधाकर स्वामीका साथीहरूले पनि सहयोग गरेका थिए ।

नागार्जुनका फ्यानले मन्दिरका लागि १ करोड रुपैयाँ संकलन गरेका थिए । यस मन्दिरको नाम श्री अन्नमय्य स्वामी मन्दिर हो ।