९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले सेयर गरे माधव नेपालसँगको तस्बिर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको तस्बिर सेयर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ओलीले सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर सेयर गरेका हुन् । तस्बिरमा दुवैजना प्रफुल्लित मुद्रामा देखिन्छन् ।

‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभ सन्ध्या’, सोमबार साँझ पोस्ट गर्दै उनले तस्बिरको क्याप्सनमा लेखेका छन् ।

एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएपछि ओली र नेपालबीच सम्बन्ध चिसिएको थियो । सार्वजनिक कार्यक्रममा एक–अर्काले आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।