१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवनले अस्वीकार गरे सुनुवाइ समितिको सभापति



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापतिपद अस्वीकार गर्नुभएको छ ।

कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिएपछि पििरयारले संसदीय सुनुवाइ समितिको सभापतिपद अस्वीकार गर्नुभएको हो ।

परियारले सामाजिक संञ्जालमा लेख्नु भएको छ म कुनैपनि समितिको सभापति नभएको जानकारी गराउँदछु । जय नेपाल !