२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयोगले जुरेको ओली–नेपाल भेट, सँगै बसे पनि एकअर्कासँग बोलेनन्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच संयोगले भेट जुरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित गर्ने बैठकमा उनीहरु एकैसाथ बसेका हुन् ।

नेपाल सुरुमै बैठकमा पुगेका थिए भने ओली यादवलाई सभापति घोषित गरेपछि पुगेका थिए । उनीहरुबीच सामान्य औपचारिकता बाहेक अरु कुराकानी भएन । पूर्वप्रधानमन्त्रीहरूलाई अगाडि सिट प्लान गरिएसँगै ओली र नेपाललाई सँगै राखिएको थियो ।

एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएपछि ओली र नेपालबीच सम्बन्ध चिसिएको थियो । सार्वजनिक कार्यक्रममा एक–अर्काले आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।

यसैबीच, अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाका राजकिशोर यादव सभापति चयन भएका छन् । दलीय भागवण्डका आधारमा यादवको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको बैठकले उनलाई सर्वसहमत सभापति चयन गरेको हो ।