२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयोगले जुरेको ओली–नेपाल भेट, सँगै बसे पनि एकअर्कासँग बोलेनन्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच संयोगले भेट जुरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित गर्ने बैठकमा उनीहरु एकैसाथ बसेका हुन् ।

नेपाल सुरुमै बैठकमा पुगेका थिए भने ओली यादवलाई सभापति घोषित गरेपछि पुगेका थिए । उनीहरुबीच सामान्य औपचारिकता बाहेक अरु कुराकानी भएन । पूर्वप्रधानमन्त्रीहरूलाई अगाडि सिट प्लान गरिएसँगै ओली र नेपाललाई सँगै राखिएको थियो ।

एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी गठन भएपछि ओली र नेपालबीच सम्बन्ध चिसिएको थियो । सार्वजनिक कार्यक्रममा एक–अर्काले आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।

यसैबीच, अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाका राजकिशोर यादव सभापति चयन भएका छन् । दलीय भागवण्डका आधारमा यादवको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको बैठकले उनलाई सर्वसहमत सभापति चयन गरेको हो ।