२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेकअपको हल्लाबीच एकैसाथ ‘लञ्च डेट’मा भेटिए मलाईका–अर्जुन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको ब्रेकअप भएको धेरै दिनदेखि चर्चा थियो । यसैबीच, आइतबार, यो जोडी मुम्बईको एक रेस्टुरेन्टमा देखिए । दुबैजना लञ्च डेटमा त्यहाँ पुगेका थिए ।

दुबैको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । योसँगै उनीहरुको ब्रेकअपको खबरमा विश्राम लागेको छ ।

मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा यो लञ्च डेटको तस्बिर सेयर गरिन्, जुन उनले पछि हटाइन् । यस स्टोरीमा दुवैको चश्मा टेबुलमा पल्टिएको देखियो । मलाइकाले लेखेकी थिइन्, ‘फेरि सुन्दर दिन आए ।’

एक दिन अघि अर्जुन कपुरले मलाइकाको इन्स्टा पोस्टमा कमेन्ट गरेका थिए । मलाइकाले आफ्नो कुकुरको भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा कमेन्ट गर्दै अर्जुनले लेखेका छन्, ‘ह्याण्डसम ब्वाई’ । यसबाहेक अर्को कमेन्टमा उनले लेखेका छन्, ‘क्यास्पर (मलाईकाको घरपालुवा कुकुर) तिम्रो जीवनको वास्तविक स्टार हो ।’

केही दिनयता अर्जुनको नाम हालै डिभोर्स भएकी अभिनेत्री कुशा कपिलासँग जोडिएको थियो । यसैबीच मलाइकाले अर्जुन र उनका परिवारका सदस्यहरूलाई सामाजिक सञ्जालमा अनफलो गरिन् । तर, अर्जुनले मलाइकालाई फलो गरिरहेका थिए । उनीहरुको ब्रेकअपको चर्चा त्यहाँबाट सुरु भयो ।