२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेकअपको हल्लाबीच एकैसाथ ‘लञ्च डेट’मा भेटिए मलाईका–अर्जुन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको ब्रेकअप भएको धेरै दिनदेखि चर्चा थियो । यसैबीच, आइतबार, यो जोडी मुम्बईको एक रेस्टुरेन्टमा देखिए । दुबैजना लञ्च डेटमा त्यहाँ पुगेका थिए ।

दुबैको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । योसँगै उनीहरुको ब्रेकअपको खबरमा विश्राम लागेको छ ।

मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा यो लञ्च डेटको तस्बिर सेयर गरिन्, जुन उनले पछि हटाइन् । यस स्टोरीमा दुवैको चश्मा टेबुलमा पल्टिएको देखियो । मलाइकाले लेखेकी थिइन्, ‘फेरि सुन्दर दिन आए ।’

एक दिन अघि अर्जुन कपुरले मलाइकाको इन्स्टा पोस्टमा कमेन्ट गरेका थिए । मलाइकाले आफ्नो कुकुरको भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा कमेन्ट गर्दै अर्जुनले लेखेका छन्, ‘ह्याण्डसम ब्वाई’ । यसबाहेक अर्को कमेन्टमा उनले लेखेका छन्, ‘क्यास्पर (मलाईकाको घरपालुवा कुकुर) तिम्रो जीवनको वास्तविक स्टार हो ।’

केही दिनयता अर्जुनको नाम हालै डिभोर्स भएकी अभिनेत्री कुशा कपिलासँग जोडिएको थियो । यसैबीच मलाइकाले अर्जुन र उनका परिवारका सदस्यहरूलाई सामाजिक सञ्जालमा अनफलो गरिन् । तर, अर्जुनले मलाइकालाई फलो गरिरहेका थिए । उनीहरुको ब्रेकअपको चर्चा त्यहाँबाट सुरु भयो ।