१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भएर नेपालको संविधानको पालना गर्नुपर्छ कि पर्दैन?– राधिका दासी



अ+ अ-

काठमाडौँ । भागवत वाचिका राधिका दासीले हरेक नेपालीलाई पहिला आफूलाई धर्म, सम्प्रदाय, जाति, लिंग र राजनीतिभन्दा माथि उठेर हेर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले गौ हत्यालाई कानूनले नै निषेध गरेको अवस्थामा गोरुको मासु भोज गर्नु र त्यसलाई सामाजिक सञ्जालमा भिडियो हाल्नुले एउटा आस्था मानेर गाई/गोरुको पूजा गर्ने व्यक्तिलाई चोट पुग्ने उल्लेख गर्नुभएको छ ।

उहाँले प्रश्न गर्नुभएको छ, “राष्ट्रिय जनावर काट्न पाइन्छ ?, यति प्रश्नको उत्तर मात्र खोजेको हो मैले ।”

कानूनले तोकेर गाई ,गोरुको हत्या गर्ने वा चोटपटक पुर्याउने लाई जेल सजाय सहित नगद जरिवाना गराइने उल्लेख गरेको भन्दै उहाँले भन्नुभयो, “अनि त्यही कानून हरेक नेपालीले पालन गर्नु पर्छ कि पर्दैन ?”

आज एउटाले कानून तोड्यो ,दण्ड भएन भोलि अर्कोले पनि गर्छ भन्दै उहाँले भन्नुभएको छ, “यहीकारण हिजो मैले भनेको थिएँ धरान सकिन एक मिनेट लाग्दैन किनकि आस्था भएको व्यक्ति पनि चुप लागेर त बस्दैन, विभेद सहन तयार हुन पनि मन मान्दैन किनकि हरेक नेपाली समान हुन् । संविधानको पालना हरेक नेपालीले गरुन् । सबैको जय होस् ।




भर्खरै