१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

भक्तपुर विकास सहयोग संघको अध्यक्षमा राजु मृगेन्द्र जोशी

भक्तपुर विकास सहयोग संघको अध्यक्षमा राजु मृगेन्द्र जोशी
अ अ+ अ-

काठमाण्डौ । भक्तपुर विकास सहयोग संघको २९ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट इवामुरा मेमोरियल अस्पताल सल्लाघारीका प्रवन्ध निर्देशक राजु मृगेन्द्र जोशीको अध्यक्षतामा आगामी ४ वर्षको लागि एघार सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ ।

नवनिर्वाचित अध्यक्ष जोशी इवामुरा कलेज अफ हेल्थ साइन्सको निर्देशक, गणेश एयर कार्गाे प्रालिका प्रवन्ध निर्देशक, आर क्यु ट्रेडिङ्ग कम्पनीका संस्थापक अध्यक्ष तथा संरक्षक र बागमती कोल्ड स्टोर प्रालि भक्तपुरका सञ्चालक पनि हुन् ।

कार्यसमितिमा संघका निवर्तमान अध्यक्ष राजाराम जोशी, वरिष्ठ उपाध्यक्षमा धर्मभक्त बल्ल, उपाध्यक्षमा गजेन्द्र बहादुर भुजु, महासचिवमा प्रा.डा.माला मल्ल, कोषाध्यक्षमा विदुर चरण राय, सचिवमा राम सैंजु, सह कोषाध्यक्षमा अमृत प्रसाद कायष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा किरण राज सुवेदी, निमा कर्माचार्य, राजन श्रेष्ठ र मन्जित मल्ल छन भने वरिष्ठ सल्लाहकारमा रत्नसुन्दर सैंजु, सुर्यप्रसाद श्रेष्ठ र प्रा.डा.सर्वज्ञभक्त मल्ल छन् ।
यसैगरि सल्लाहकारहरुमा इ.हरिश्रेणी लाल श्रेष्ठ, मोहन श्रेष्ठ, प्रा. कोमल वदन मल्ल, उत्तम मल्ल, कृष्णलाल प्रधान, प्रा.शिवप्रसाद मुनंकर्मी, भरत जंगम, विजयशंकर प्रधानाङ्ग र राजेश शिल्पकार छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत उत्तम मल्लले प्रमाणपत्र वितरण गरेर वधाई दिँदै सफल कार्यकालको कामना गरे ।

यसअघि संघको २९ औं वार्षिक साधारण सभाको प्रमुख अतिथि पुर्व प्रमुख निर्वाचन आयुक्त तथा संयुक्त अधिराज्य बेलायतका पुर्व राजदूत सुर्यप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए भने विशिष्ट अतिथि प्रा.डा.सर्वज्ञभक्त मल्ल, पुर्व अध्यक्ष कृष्णलाल प्रधान र संघका आजीवन सदस्य ओम धौभडेल लगायतले बोलेका थिए भने कार्यक्रमको सभापतित्व निर्वतमान अध्यक्ष राजाराम जोशीले गरेका थिए ।

कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजुमृगेन्द्र जोशी तथा उनका दाई राजेन्द्रकृष्ण जोशीले आफ्ना स्वर्गीय मातापिता रत्नेश्वरी र रामकृष्ण जोशीको स्मृतिमा विभिन्न दुई विधामा वार्षिक जनही ५१ हजार रुपैयाँ प्रदान गर्ने गरि १० लाख २० हजार रुपैयाँको अक्षयकोष स्थापना गरे ।

यसैगरि अन्य अक्षयकोष स्थापना गर्न कृष्णलाल प्रधानाङ्गले १ लाख २३ हजार ४५६, धर्मभक्त बल्लले १ लाख ५१ हजार, मन्जित मल्लले १ लाख २३ हजार ४५६, प्रा.डा.माला मल्लले १ लाख १ हजार १०० र प्रचण्डमान मल्लले १० हजार रुपैयाँ संघलाई प्रदान गरेका छन् भने संघको भवन निर्माण अक्षय कोषको लागि निर्वतमान अध्यक्ष राजराम जोशीले १ लाख १ रुपैयाँ प्रदान गरे ।
भक्तपुर विकास सहयोग संघले भक्तपुरको सांस्कृतिक र सामाजिक विकासको क्षेत्रमा विगत ३२ वर्षदेखि काम गर्दै आएको छ ।