१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईवाच्छा संरक्षणको लागि तारकेश्वरमा सप्ताहज्ञान महायज्ञ शुरु



अ+ अ-

काठमाण्डौ । सडकमा वेवारिसे भेटिएका घरपालुवा जनावर संरक्षणको लागि आर्थिक संकलन गर्ने उद्धेश्यले राष्ट्रिय युवा समाजको आयोजनामा तारकेश्वरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

राधा किशोरी दासीबाट कथा प्रवचन भईराखेको सो श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन कलश यात्रामा सयौं भक्तजनहरु सहभागी भएको महायज्ञमा सहभागी कमला केसीले बताएकी छिन् ।

महायज्ञबाट संकलित रकमबाट संस्थाले हाल संरक्षण गर्दै आएको वेवारिसे गाइवाच्छा तथा कुकुरहरुको स्याहार सुसार र संरक्षणमा खर्च गरिने उपाध्यक्ष सकुन खड्का रोक्काले बताइन् ।
सो संस्थाले बाटोमा वेवारिसे रुपमा फेला परेका घरपालुवा जनावरहरुको व्यवस्थापन तथा संरक्षण गर्दै आएको छ ।




भर्खरै