१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

जनैपूर्णिमा: सिन्धुपाल्चोकको पाँचपोखरी जानेको चहलपहल सुरु

जनैपूर्णिमा: सिन्धुपाल्चोकको पाँचपोखरी जानेको चहलपहल सुरु
जनैपूर्णिमाको अवसरमा पाँचपोखरीको यात्रामा रहेका भक्तजन । तस्वीरः रासस
अ अ+ अ-

सिन्धुपाल्चोक : जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गर्नुभयो । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ ।

यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् । अध्यक्ष लामाका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा होमस्टे व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खाना र बासको व्यवस्था गरिएको छ ।

यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको पनि व्यवस्थापन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो ।

पाँचपोखरी इन्द्रावती नदीको उद्गमस्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ एक सय वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरिएको छ । विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमा उन्नतीको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले राम्रो वर पाउने र विहे पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने जनविश्वास छ ।

पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट उल्लेखय सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । काठमाडौँबाट मेलम्ची, तिपेनी, थाङपालधाप हुँदै भोताङसम्मको बस यात्रापछि एकदेखि डेढ दिनको पैदलपछि पाँचपोखरी पुग्न सकिन्छ । भ्रमणका लागि समय र फुर्सदअनुसार यसलाई लम्ब्याएर पाँच तथा सात दिन लगाएर त्यहाँको परम्परागत जीवनशैलीको आनन्द लिन सकिन्छ ।

भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात् पोखरी रहेकाले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो । धार्मिक महत्वका साथ यस स्थानमा जाने मानिस जनैपूर्णिमालाई लक्षित गरेर जाने गर्छन् भने प्राकृतिक सौन्दर्य निहार्न जाने प्रायः असोज कात्तिकमा जाने गर्दछन् । रासस