३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनियन हाइड्रोपावरको नाफा तेस्रो त्रैमासमा १५ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको नाफा  तेस्रो त्रैमासमा १५ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ७७ लाख ८८ हजार नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८९ लाख ६७ हजार पुगेको हो। 

कम्पनीको चुक्तापूँजी रू. ७५ करोड रहेको छ भने जगेडा कोष रू. ७ करोड ४२ लाख ७८ हजार ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २.३९, मूल्य आम्दानी अनुपात ५४.८१,तरलता अनुपात ९.१६ र प्रतिशेयर नेटवर्थ रू. ९०.१० रहेको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।   कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड ३९ लाख विद्युत् विक्री आम्दानी गरेकोमा चालूआवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४५ लाख पुगेको हो ।