२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको ह्याट्रिकमा अल नासरको पहिलो जित



अ+ अ-

एजेन्सी । साउदी प्रो लिगमा अल नासरले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल फतेहलाई ५–० गोलले पराजित गरेको हो ।

नासरलाई फराकिलो जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ३ तथा साडियो मानेले २ गोल गरे । रोनाल्डोले खेलको ३५, ५५ र ९०+६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । उनको यो करिअरको ६३ औं ह्याट्रिक हो ।

यस्तै, मानेले २७ औं र ८१ औं मिनेटमा गोल गरे । जारी सिजनमा नासरको पहिलो जित हो । यसअघि उसले लगातार दुई खेलमा हार बेहोरेको थियो ।

नासर ३ खेलबाट ३ अंक जोड्दै तालिकाको १० औं स्थानमा रहँदा फतेह समान खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।