२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनमा महानगरको राजस्व ६५ करोड ४२ लाख रुपैयाँ : गएको बर्षको तुलनामा २० करोड ३२ लाख बढी



अ+ अ-

काठमाडौँ । चालु आर्थिक बर्षको साउन (१ महिना) मा काठमाडौँ महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

गएको बर्ष (आ. व. २०७९/८०) को यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको बर्षभन्दा यस बर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो ।

आ. व. २०७७/०७८ देखिका बर्षहरुको राजस्व संकलनको अङ्क क्रमश: बढ्दो क्रममा छ । त्यस बर्ष (आ. व. २०७७/७८) को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आ. व. ०७८/०७९ को पहिलो महिना (साउन) मा ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो । पहिलो बर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो । आ. व. ०७८/०७९ को तुलनामा आ. व. ०७९/०८० को पहिलो महिनामा १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो ।

यी ४ बर्षमध्ये सबैभन्दा धेरै यही बर्ष संकलन भएको हो ।

यस बर्ष सम्पत्ति, बहाल तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारी साधन कर, बाँडफाँड भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर संकलन भएको छैन । यस्तै वित्तिय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन ।

प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । यसमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको छ । अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, शिफारिस दस्तुर लगायत छन् । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजु लगायत हुन् ।

राजस्व संकलनमा यो बर्ष प्राप्त भएको उपलब्धीका लागि केही प्रयासहरु कारण हुन् । राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फस्र्यौट तथा वक्यौता असुली अनगुमन गरिरहेको छ । कर परीक्षण कार्य चलिरहेको छ ।’