२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाइकालाई छाडेर कुशासँग डेट गर्न थालेका हुन् अर्जुन कपुरले ?



अ+ अ-

एजेन्सी । अर्जुन कपूर र मलाइका अरोराको ब्रेकअपको अफवाह विगतमा सोशल मिडियामा हेडलाइनमा थियो । यसैबीच अभिनेताको नाम कन्टेन्ट क्रिएटर तथा अभिनेत्री कुशा कपिलासँग जोडिएको छ ।

अभिनेता कुशासँग डेट गरिरहेको हल्ला चलेको थियो । यस विषयमा अर्जुनले अहिलेसम्म मौनता धारण गरेपनि कुशाले हालै यो अफवाहलाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छन् ।

फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार कुशाले आफ्नो इन्स्टाग्राम ब्रोडकास्ट जर्नलमा यी अफवाहहरूमा प्रतिक्रिया दिएकी छन् । उसले भनिन् – ‘दिनहुँ आफ्नो बारेमा यति धेरै फाल्तु कुराहरु पढ्छु कि अब औपचारिक परिचय दिदै यस विषयमा बोल्नु परेको छ । हरेक चोटि जब म आफ्नो बारेमा केहि पढ्छु म केवल आशा र प्रार्थना गर्छु कि मेरी आमाले यो सबै नपढ्नुहोस् । जसरी पनि उहाँको सामाजिक जीवन बिग्रिरहेको छ ।’

कुशा र अर्जुनको सम्बन्धलाई लिएर अफवाह बढ्यो जब हालै कुशा करण जोहरको घरमा पार्टीमा पुगिन्, जसमा अर्जुन कपूर पनि त्यहाँ उपस्थित थिए । यद्यपि मलाइका पार्टीको हिस्सा थिइनन् ।

पार्टीको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा अर्जुन कुशालाई हेरिरहेका बेला सबै क्यामेराको लागि पोज दिइरहेका थिए । यो तस्बिर सार्वजनिक भएपछि मानिसहरुले कुशाको नाम अर्जुनसँग जोड्न थालेका छन् ।