९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को लागत फिल्म ‘आदिपुरुष’को बजेटभन्दा सस्तो



अ+ अ-

एजेन्सी । बुधबार चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्यो ।

चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर भारत ऐतिहासिक सफलता रच्न सफल भयो ।

यो ध्रुबमा पुग्ने भारत पहिलो देश बन्यो । साथै, चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बन्यो ।

चन्द्रयान–३ को बजेट करिब ६१५ करोड भारु रहेको छ भने जुन १६ मा रिलिज फिल्म आदिपुरुषको लागत ७०० करोड रुपैयाँ थियो ।

अर्थात चन्द्रयान–३ यस फिल्मको लागतभन्दा करिब ८५ करोड रुपैयाँ सस्तो छ ।

फिल्म बक्स अफिसमा फ्लप सावित रह्यो । विवादित फिल्म आदिपुरुषले लगानी समेत उठाउन सकेन ।

यसअघि ४ वर्षअघि पठाइएको चन्द्रयान २ को लागत पनि ६०३ करोड रुपैयाँ थियो । तर, यसको सुरुवातमा ३७५ करोड रुपैयाँ खर्च भएको थियो ।