२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो: नेता कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताउनुभएको छ ।

बिहीवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी लगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताउनु भयो । नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको बताउनु भयो ।

अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको बताउनु भयो । अपराध र भ्रष्टाचार रोक्न नेपाली काँग्रेसले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

नेता कोईरालाले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्ने काम काँग्रेस बाहेक अरुले गर्न नसक्ने बताउनु भयो ।

फाेटाे-रासस