• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने ★   मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु ★   राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह, कांग्रेसको बैठक बस्दै ★   कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौंका मेयर बालेन्द्र शाह फ्रान्स प्रस्थान ★   शम्भुजीत बासकोटालाई जापानमा ‘दीर्घ साधना सम्मान’ ★   क्रिकेटर सन्दीपको मुद्दाको पेसी आज, निर्दोष ठहर भए विश्वकप खेल्न पाउने ★   राजनीतिक द्वन्द्वले सरकारको नीति तथा कार्यक्रम नै अन्योल ★   लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले ★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता

टीकापुर घटनाको ८ वर्षपछि बालक टेकबहादुरको सालिक राख्दै रेशमदम्पतीद्वारा सद्भावको आह्वान



कैलाली । टीकापुर घटनाको ८ वर्षपछि रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताउनुभएको छ ।

आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै उहँहरुले टीकापुरमा फेरि सद्भाव जोडिनुपर्ने बताउनुभयो ।

“टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्”, रेशम चौधरीले भन्नुभयो, “हामी चाहन्छौँ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ ।”

२०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् ।

आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभयो । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त उपस्थित थिए ।

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् ।