• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   रकम अपचलनको आरोपमा प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित आठ पक्राउ ★   विश्वसनीय समाचारका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ : अध्यक्ष झा ★   बाल गायक आयन पौडेलको “आंखा भरी” गीत सार्वजनिक ★   सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिरः प्रमुख प्रतिपक्षी कांग्रेस ★   नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छः अध्यक्ष ढकाल ★   प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षीको अवरोध जारी, जेठ ३ गतेसम्मलाई स्थगित ★   प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध ★   सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा ★   काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध ★   अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी

टीकापुर घटनाको ८ वर्षपछि बालक टेकबहादुरको सालिक राख्दै रेशमदम्पतीद्वारा सद्भावको आह्वान



कैलाली । टीकापुर घटनाको ८ वर्षपछि रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताउनुभएको छ ।

आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै उहँहरुले टीकापुरमा फेरि सद्भाव जोडिनुपर्ने बताउनुभयो ।

“टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्”, रेशम चौधरीले भन्नुभयो, “हामी चाहन्छौँ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ ।”

२०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् ।

आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभयो । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त उपस्थित थिए ।

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् ।