१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी



file photo: can
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ ।

अदालती समयपछि पनि न्यायाधीशले बहसलाई निरन्तरता दिएका छन् । बहस टुंग्याएर सकेसम्म आजै फैसला गर्ने तयारी रहेको छ ।

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । अहिलेसम्म सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरिसकेका छन् ।

यस्तै, गौशाला २६ को तर्फबाट २ सरकारी वकिलले बहस सकेका छन् भने अहिले उनका निजी वकिलहरूले बहस गरिरहेका छन् ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनुवाइ भइरहेको हो ।

आज बहस नसकिएमा मुद्दालाई हेर्दाहेर्दैमा राखिनेछ ।