• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   जिबी राईको पासपोर्ट रोक्न राहदानी विभागमा प्रहरीको पत्राचार ★   नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस् ★   एकैपटक ६० सहसचिवको सरुवा (सूचीसहित) ★   जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र ★   संविधान बचाउन आवश्यक छ: प्रथम राष्ट्रपति यादव ★   इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ: माधव नेपाल ★   पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान ★   मन्त्रिपरिषद् बैठक: नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित ★   बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा ★   गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

टीकापुर घटनाको ८ वर्षपछि बालक टेकबहादुरको सालिक राख्दै रेशमदम्पतीद्वारा सद्भावको आह्वान



कैलाली । टीकापुर घटनाको ८ वर्षपछि रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताउनुभएको छ ।

आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै उहँहरुले टीकापुरमा फेरि सद्भाव जोडिनुपर्ने बताउनुभयो ।

“टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्”, रेशम चौधरीले भन्नुभयो, “हामी चाहन्छौँ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ ।”

२०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् ।

आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभयो । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त उपस्थित थिए ।

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् ।