१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान बचाउन आवश्यक छ: प्रथम राष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको बताउनु भयो । उहाँले संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको कुराप्रति इंगित गर्दै उहाँले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भुमिका खेलेको बताउनु भयो । संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जुन संविधान लिएर आएका छाँै, त्यो संविधान लोकतान्त्रिक, गणतान्त्रिक छ, संघीयतासहित छ । समावेशी छ । समानुपातिक छ । आज ४५ हजार प्रतिनिधिहरु स्थानीय सरकारमा छन् । सबै समावेशी छन् । सही कुरा हामीले भन्दै जानुपर्छ । जुन संविधान ल्याएका थियौँ, संविधानलाई बचाएर लैजाने हामी नेपालीको जिम्मेवारी हो । त्यसमा बढी जिम्मेवारी माधव नेपालजीको छ । उहाँले यो जिम्मेवारी निर्वाह गर्नुभएको छ । संविधान नै खत्तम हुन थालेको थियो, त्यो संविधान बचाउन ठूलो रिस्क लिएर पाँच पार्टीलाई एक ठाउँमा ल्याएर बचाउनु भयो । यो ठूलो योगदान हो । उहाँ त्यो बेला अडिग नभएको भए यो संविधान रहन्न थियो । यत्रो ठूलो बलिदानपछि ल्याएको संविधान जुन छ, यसलाई कसरी बचाएर राख्ने, समयसापेक्षा कसरी परिवर्तन गर्ने, परिर्वतन र संशोधन गर्दै अघि बढ्नुपर्छ ।’

प्रथम राष्ट्रपति यादवले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।