११ पुष २०८१, बिहीबार
,
Latest
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय -सूचीसहित ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत जलवायु सम्मेलनका लागि कम्तिमा तीन वर्ष एउटै कर्मचारी राख्ने व्यवस्था गर्न माग जापान एयरलाइन्समा साइबर आक्रमण राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक: सञ्चारमन्त्री गुरुङ अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले भारतीय पैसा नेपालको बैकिङ प्रणालीमा कारोबार गरेर भारतलाई बुझाउने व्यवस्था नभएकाले भारतीय पैसा बैकिङ कारोबारमा समस्या रहेको बताउनु भयो । उहाँले भारतले सन् २०१६ नोबेम्बर ८ मा भारतले ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ अर्ब रुपैयाँ अहिलेसम्म फिर्ता गर्न नसकेको बताउनु भयो । उहाँले २०१३ सालमा नेपाल राष्ट्र बैंक भारतीय मुद्रा हटाउनको लागि स्थापना भएको बताउनु भयो । उहाँले भारतीय श्रमिकहरुलाई दिने भुक्तानीको लागि राष्ट्र बैंकले नेपालमा आवश्यक भएको भारतीय मुद्राहरु मौज्दात राख्ने गरेको बताउनु भयो ।

उहाँले भारतीय श्रमिकहरुले नेपालबाट नगद नै पारिश्रमिक लैजाने गरेको बताउनु भयो । उहाँले ५ सय र २ हजारको नोट नेपालमा नचल्नुको कारण भारतको कानून नै सय रुपैयाँ भन्दा ठूला दरका नोट भारत भन्दा बाहिर चल्ने छैन भन्ने व्यवस्था भएको बताउनु भयो । उहाँले २०५८ सालमा नेपालले भारतीय नागरिकले नेपाल आउँदा २५ हजार मात्रै लिएर आउन पाउने सीमा राखेको बताउनु भयो । उहाँले त्यतिबेला ५ सय र १ हजारको नोट चलाउने गरी सहमति भएको बताउनु भयो । उहाँले भारतीय रुपैयाँ ५ सय र २ हजारको नोट नचल्दा नेपालको तराई,पूर्व र सुदूरपश्चिमका होटलहरुलाई असर परेको वास्तविकता भएको बताउनु भयो । उहाँले त्यसको लागि राष्ट्र बैंकले नेपालका लागि भारतीय राजदुत,भारतका लागि नेपाली राजदुतसँग धेरै पटक छलफल गरेको बताउनु भयो । उहाँले सिमा क्षेत्रका होटलहरुमा यस्ता नोटहरु चले पनि कानूनी रुपमा त्यो रकम बैंकिङ प्रणालीमा लिएर बैंकले भारतलाई बुझाउन सक्ने नेपालसँग व्यवस्था नभएको बताउनु भयो । उहाँले पछिल्लो दुईपक्षिय कमिटीको छलफलपछि पाँच सयको भारतीय रुपैया लिन सहमत भएको बताउनु भयो ।

उहाँले भारतीय नगद कारोबारको विकल्पमा क्रसबोर्डर डिजिटल कारोबार गर्न सरकारी तहमा सम्झौता भएको बताउनु भयो । उहाँले नेपालको एनसिएचएल र भारतको युपीआई बीच प्राविधि लेभलमा सम्झौता भएर काम भइरहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले भारतमा गएर पेमेन्ट गर्ने निति बनाइरहेको बताउनु भयो । उहाँले अहिले पनि फोन पेमा मात्रै क्रसबोर्डर कारोबारको लागि १० लाख ३० हजार मर्चेण्डहरु अनबोर्ड भइसकेको बताउनु भयो । उहाँले भारतबाट आउने पर्यटकहरुको क्युआरबाट हुने पेमेन्ट सुदूरपश्चिम बढी रहेको बताउनु भयो । उहाँले भारतमा ६० प्रतिशत मानिसहरुले रु पे कार्ड चलाउने गरेकाले नेपालमा त्यो कार्ड एसबिआई बैंकबाट चलाइरहेको बताउनु भयो । उहाँले नेपालले आगामी नोम्बेम्बरमा आफ्नै रु पे कार्ड ल्याउने तयारी रहेको बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय पेमेण्ट स्वीज र कार्डसँगै आउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘धेरै मान्यनिय ज्युहरुले भारतीय रुपैया ५ सय र २ हजारको नोट नचल्दा नेपालको तराई,पूर्व र सुदूरपश्चिमका होटलहरुलाई असर परेको छ । राष्ट्र बैंकको तर्फबाट मैले धेरै पटक धेरै मान्छेहरुसँग छलफल गरेको छु । नेपालका लागि भारतीय राजदुत,भारतका लागि नेपाली राजदुतसँग धेरै पटक छलफल गरेका छौं । २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भइराख्दा द्वय मुद्रा प्रणाली चलिरहेकाले भारतीय मुद्रा हटाउनको लागि स्थापना भएको हो । अहिले पनि नेपालमा आवश्यक भएको मुद्राहरु राष्ट्र बैंकले मौज्याद राख्ने गरेको छ । सुनमा मात्रै ७० हजार श्रमिकहरु भारतका रहेका छन् । उनीहरु सबैले नगद पैसा लैजाने हो । त्यसको लागि मात्रै राष्ट्र बैंकले १ सय रुपैयाँ भन्दा साना मात्रै दिन्छौं । ५ सय र २ हजारको नोट नेपालमा नचल्नुको कारण नै भारतको कानून नै १०० रुपैयाँ भन्दा ठूला दरका नोट भारत भन्दा बाहिर चल्ने छैन भनिएको छ । २०५८ सालमा नेपालले २५ हजारको सिमा राखेको थियो । त्यतिबेला ५ सय र एक हजारको नोट चलाउने गरी सहमति भएको थियो । तर जुन बेला २०१६ नोम्बेम्बर ८ मा भारत सरकारले ५ सय र १० हजारको नोट बन्देज गर्‍यो । त्यो समय नेपाल राष्ट्र बैंकसँग साढे पाँच करोड भारतीय रुपैया थियो । बजारमा अरु पनि छ भन्ने हल्ला थियो । त्यो रकम अहिले पनि हामीले भारतमा बुझाउन सकेका छैनौं । भारत सरकारले अहिलेसम्म स्वीकृत गर्ने जवाफ पाएका छैनौं ।

बजार चल्नको लागि अहिले पनि कतिले चलाई रहेका छन् । सीमा क्षेत्रका होटलहरुमा यस्ता नोटहरु चल्छन् । तर कानूनी रुपमा त्यो रकम बैंकिङ प्रणालीमा लिएर बैंकले भारतलाई बुझाउन सक्ने नेपालसँग त्यो व्यवस्था छैन । पछिल्लो दुईपक्षिय कमिटीको छलफलपछि पाँच सयको भारतीय रुपैया लिन सहमत हुनु भएको छ । त्यो प्रक्रियामा गएको छ । हामीले यसको विकल्प खोजी राख्दा नेपालमा वालेट भन्दा पनि डिजिटल कारोबारमा गइसक्नु भयो भन्ने गरिएको छ । त्यसले हामीले गत वर्षबाट क्रस बोर्डर ट्रान्जेक्सन(डिजिटल पेमेन्ट)को सम्झौता गरेका छौं । सरकारी तहमा नै सम्झौता भएको छ । एनसिएचएल र भारतको युपीआई बीच प्राविधि लेभलमा सम्झौता भएरका भइरहेको छ । राष्ट्र बैंकले भारतमा गएर पेमेण्ट गर्ने निती बनाइरहेका छौं । पाँच गते पब्लिक कन्सल्टेशन सकिन्छ त्यसपछि सार्वजनिक गछौं । अहिले पनि फोन पेमा मात्रै क्रसबोर्डर कारोबारको लागि १० लाख ३० हजार मर्चेण्डहरु अनबोर्ड भएका छन् । भारतबाट आउने पर्यटकहरुको क्युआरबाट हुने पेमेन्ट सुदूरपश्चिमबाट भएको छ । त्यसपछि मात्रै वागमतीमा छ । रामै कारोबार शुरुवात भएको छ । भारतमा ६० प्रतिशत मानिसहरुले रु पे कार्ड चलाउने गरेका छन् । त्यो कार्ड एसबिआई बैंकबाट चल्छ । नेपालमा भारतबाट धेरै पर्यटन आउने क्षेत्रमा एसबिआई बैंकको स्क्यान मेसिन पुग्नुपर्छ भनेका छौँ । यो पुर्‍याउन नसके पनि नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछौं । नोम्बेम्बरका रोल आउट गर्ने योजना छ । नेपालको राष्ट्रिय पेमेन्ट स्वीज बन्दैछ । स्वीज र कार्डसँगै आउँछ । अहिले रिटेल पेमेण्ट स्वीज प्रक्रियामा रहेको छ ।’

समिति बैठकमा सांसदहरुले ५ सय र २ हजार दरका भारतीय नोटमा प्रतिवन्ध हटाउनुपर्ने माग गरेका थिए । सांसदहरुले नेपालको अर्थतन्त्र खस्किँदै गएको अवस्थामा छिमेकी देशको मुद्रामा प्रतिवद्ध लगाउनु अनुचित भएकाले प्रतिवन्ध हटाउन माग गरेपछि गभर्नर अधिकारीले जवाफमा सो कुरा उल्लेख गर्नुभएको थियो । बैंठकमा सांसदहरुले भारतीय पर्यटकहरू २५ हजार रुपैयाँ मात्रै बोकेर आउन मिल्ने व्यवस्था पनि उपयुक्त नरहेको उल्लेख गरेका छन् ।