२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मित्रहरु, संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ– विष्णु रिमाल



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले बरामद अवैध सुन प्रकरणमा छानबिन आयोग गठन गर्ने सहमति जस्तो संवेदनशील विषयमा ‘ठट्टा’ नगर्न आग्रह गर्नुभएको छ ।

अवैध सुन बरामद प्रकरणमा छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै ‘प्रभावशाली’ भनिने नेताले ‘सहमति विपक्षलाई छक्याउने रंगीन टालो’ भनी दिएको टिप्पणीप्रति उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त आग्रह गर्नुभएको हो । “एयरपोर्टमा कार्यरत सबै निकायले नसमातेको क्विन्टल सुन राजश्व अनुसन्धान विभागले समाउनु, बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’ किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस तम्सिनु, सुन पो रहेछ भन्ने सूचना लिक हुँदानहुँदै समातिएको मध्ये केही सुन गायब पारिनु … र यी सबै गडबडीको साँच्चिकै छानबिन गर्न आयोगको प्रस्ताव गर्दा सत्ताधारीकै सांसद उफारी संसद अवरोध हुनु संयोग मात्र थिएन”, उहाँले भन्नुभएको छ ।

छानबिन आयोग बन्ने सहमतिप्रति गठबन्धनका नेताले गरेको टिप्पणीप्रति उपमहासचिव रिमालले भन्नुभयो, “साथीहरुको नियतमा कहीँ न कहीँ खोट छ। अहिले यत्ति चाँहि भनौँ– मित्रहरु, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ है ?”