• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

उच्चस्तरीय आयोग गठनबारे विश्वप्रकाशको टिप्पणीः प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गर्नुभएको छ ।

बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको बताउनु भयो । महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताउनु भयो । उहाँले अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र र उहाँका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साउनमा सुन पक्राउ पर्याे, भदौमा सहमति भयो, असोजमा छानबिन समिति बन्ने भनेपछि यो प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरियो । तर रंगिन टालो भनिराखेर पनि चनिरहन्न चाहन्न । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । साउनमा पक्राउ परेको सुनको सन्दर्भमा सिआईबीले जुन छानबिन गरिरहेको छ, त्यसलाई नै अघि बढाउने कुरामा अन्ततः प्रतिपक्ष सहमत भएर आयो । यो अन्तिममा सिआईबीलाई सघाएर जाने भन्नेकुरा हो ।

अहिले सिआईबीले गर्दै गरेको छलफल जुन छ, त्यसमा एक जना ठूलै पार्टीका नेता, पदाधिकारी, तर यो संसदको पूर्व सभामुख नै भएर बस्नुभएको व्यक्ति, उहाँको सयौँ, र उहाँका छोराको कयौँ पटक तस्करहरुसँग टेलिफोनमा छलफल भएको भन्ने मिडियामार्फत बाहिर आएको छ । अब अनुसन्धान गर्दैगर्दा त्यो विषयलाई नछोडियोस् । उहाँहरु निर्दोष नै हो भनेपनि निर्दोष प्रमाण गर्ने निकायले छानबिनका लागि दायरामा ल्याउनुपर्छ ।’

महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।