४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को चन्द्रमा अवतरणमा ओलीले दिए मोदी र भारतबासीलाई बधाई



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको चन्द्रयान–३ मिशन सफल भएकोमा भारतीय प्रधानमन्त्री र भारतबासीहरुलाई बधाई दिएका छन् ।

भारतले चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्दै इतिहास रचेको छ । यसै खुसीयालीमा अध्यक्ष ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैज्ञानिक र भारतबासीलाई बधाई दिएका हुन् ।

ओलीले सामाजिक सञ्जालमा भनेका छन् – आज भारतको चन्द्र यान – ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ। यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।

यो पनि पढ्नुस्ः भारतले रच्यो इतिहास, चन्द्रयान–३ चन्द्रमामा अवतरण