• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

भारतले रच्यो इतिहास, चन्द्रयान–३ चन्द्रमामा अवतरण



एजेन्सी । छिमेकी राष्ट्र भारतले इतिहास रचेको छ । चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको छ । नेपाली समयानुसार ६ बजेर १७ मिनेट जाँदा ल्यान्डर अवतरण भएको हो ।

भारत चन्द्रमाको यस भागमा यान अवतरण गर्ने पहिलो देश बनेको छ ।

जबकि यो चन्द्रमाको कुनै पनि भागमा यान अवतरण गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, सोभियत संघ र चीनले मात्रै यस्तो सफलता हासिल गरेका थिए ।

अब सबैजना विक्रम ल्यान्डरबाट प्रज्ञान रोभर निस्कने प्रतिक्षामा छन् । विक्रम र प्रज्ञानले एकअर्काको फोटो खिचेर पृथ्वीमा पठाउनेछन् ।

त्यसपछि यो कीर्तिमान रसियाको नाममा बन्ने थियो, भारतभन्दा पहिले रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा लुना–२५ यान अवतरण गर्न लागेको थियो । यो अवतरण अगस्ट २१ मा हुने थियो तर अन्तिम कक्ष परिवर्तन गर्दा बाटोबाट विचलित भएर चन्द्रमाको सतहमा ठोक्कियो ।

चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट दिउँसो ३ः३५ बजे प्रक्षेपण गरिएको थियो । चन्द्रमाको सतहमा अवतरण गर्न ४१ दिन लागेको थियो । पृथ्वीबाट चन्द्रमाको कुल दूरी ३ लाख ८४ हजार किलोमिटर छ ।