२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो आवद्ध अल नासर एएफसी च्याम्पियन्स लिगमा छनोट



अ+ अ-

एजेन्सी । साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा रोमाञ्चक जित निकाल्दै छनोटमा स्थान बनाएको छ ।

हारतर्फ उन्मुख टोलील खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल अहलीलाई ४–२ ले पराजित गर्यो । च्याम्पियन्स लिगमा छनोटका लागि प्लेअफमा अल नासर ८७ औं मिनेटसम्म २–१ ले पछाडी थियो । तर अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अल नासर पछिल्लो तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ । अल–नासरलाई रोमाञ्चक जित दिलाउन एन्डरसन तालिस्काले खेलको ११ औं र ९०+५ गरी दुई गोल गरे भने सुल्तान अल–घानामले ८७ औं र मार्सेलो ब्रोजोभिचले ९०+७ मिनेटमा गोल गर्दै एक–एक गोल थपे । पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले १८ औं र ४५ औं मिनेटमा गरी दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पराजित अल अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगस्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन् । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।