६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो आवद्ध अल नासर एएफसी च्याम्पियन्स लिगमा छनोट



अ+ अ-

एजेन्सी । साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा रोमाञ्चक जित निकाल्दै छनोटमा स्थान बनाएको छ ।

हारतर्फ उन्मुख टोलील खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल अहलीलाई ४–२ ले पराजित गर्यो । च्याम्पियन्स लिगमा छनोटका लागि प्लेअफमा अल नासर ८७ औं मिनेटसम्म २–१ ले पछाडी थियो । तर अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अल नासर पछिल्लो तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ । अल–नासरलाई रोमाञ्चक जित दिलाउन एन्डरसन तालिस्काले खेलको ११ औं र ९०+५ गरी दुई गोल गरे भने सुल्तान अल–घानामले ८७ औं र मार्सेलो ब्रोजोभिचले ९०+७ मिनेटमा गोल गर्दै एक–एक गोल थपे । पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले १८ औं र ४५ औं मिनेटमा गरी दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पराजित अल अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगस्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन् । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।