१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचन अवरोध गर्ने जनमत पार्टीको चेतावनी



अ+ अ-

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले किसानहरुको माग पूरा नभए आसन्न स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार वीरगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले स्थानीय निकायको निर्वाचनअघि किसान आन्दोलनको माग पूरा हुनुपर्ने बताए । 

आफ्नो पार्टी निर्वाचन विरोध नभएको स्पष्ट पार्दै उनले आफूहरु पनि निर्वाचनमा सहभागी हुन आतुर रहेको तर सरकारले किसानको माग सम्बोधन गर्ने पहल सुरु गरेको देखिनुपर्ने बताउनुभयो । 

उहाँले किसान आन्दोलनको अर्को चरण फागनु १ गतेदेखि सुरु हुने जानकारी दिनुभयो । डा राउतले अब राजमार्ग केन्द्रीत आन्दोलनलाई ग्रामीण क्षेत्रमा सारिने स्पष्ट गर्नुभयो । मौसम प्रतिकूलताका कारण त्यसो गर्नुपरेको उहाँको भनाइ थियो ।