२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्‍यो: सांसद मगर



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको बताउनुभएको हो ।

उहाँले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदापनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताउनु भयो । प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनुपरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चाहे सत्तापक्षमा होस् । चाहे प्रतिपक्षमा होस् । एउटा अक्षरको साहारा लिएर उहाँले यो सदनलाई अवरोध पुर्‍याइरहनुभएको छ । एउटा अक्षर ख । ख अक्षरको साहाराले । सत्तापक्ष हुँदाखेरी प्रतिनिधि सभामाथि खड्ग प्रहार गर्ने । प्रतिपक्ष हुँदापनि खडेखडे भएर यो सदन अवरोध गर्ने खालको कुरा भयो । सत्तापक्ष हुँदा पनि सदनमाथि प्रहार । सत्तापक्ष नहुँदा उभिएर साना–साना कुरामा बखेडा झिकेर सदन चल्न नदिने गतिविधि भएका छन् ।’

‘त्यसले गर्दा संसद आफ्नो कर्तव्य, दायित्वबाट बिमुख हुनुपरेको छ । सदनलाई एउटा नियतवश, सुनियोजित तरिकाले अगाडी बढ्न नदिने, जनताको समस्यामा केन्द्रित हुन नदिने, महत्वपूर्ण ऐन, कानूनहरु निर्माण गर्न नदिने भन्नेखालको हो भन्ने हामीलाई लाग्दछ । त्यसकारणले यो कुराको अन्त्य हुनुपर्दछ भन्ने म मेरो धारणा राख्न चाहन्छु । आज अन्त्य हुन्छ भनेको थिए भएनछ । आज पनि त्यही कथा दोहोरिएजस्तो हामीले बुझेका छौँ ।’

उहाँले संसद बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताउनु भयो ।