४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

माफिया र बिचौलियासँगको निकटता–पूर्वमन्त्री र प्रशासक कोही जेलमा, केहीको भागाभाग

माफिया र बिचौलियासँगको निकटता–पूर्वमन्त्री र प्रशासक कोही जेलमा, केहीको भागाभाग
अ+ अ-

काठमाडौं । बालुवाटार र सिंहदरबार माफिया र बिचौलियाको घेराबन्दीमा रहेको चर्चा चलिरहँदा कैयौं पूर्व मन्त्री, प्रशासकलगायत सयौं कर्मचारीहरू माफियाकै प्रलोभनमा पर्दा जेलमा बस्न विवश छन् भने कैयौं भागाभाग गर्नुपर्ने अवस्थामा पुगेका छन् । विशेषगरी ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा सचिवलगायतका दर्जनौं कर्मचारीहरूको संलग्नता देखिएपछि सिंहदरबार र बालुवाटार माफियाको घेराबन्दीमा रहेको पुष्टि भएको हो ।

जागिर र सेवाको अवधिमा माफिया र बिचौलियाको योजनाअनुसार काम गरेका उनीहरूले सेवानिवृत्त जीवन सुखसँग बिताउन पाएका छैनन् । विगतमा गरेको अपराधले यतिखेर उनीहरूलाई पोलिरहेको छ, डसिरहेको छ ।

बिचौलिया र माफियाले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वसँग सेटिङ मिलाएर नै ललितानिवासको सरकारी जग्गा हत्याउन सफल भएका थिए । ललिता निवास प्रकरणमा दुई पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईमाथि समेत छानबिन गर्नुपर्ने दबाब चौतर्फी रूपमा उठिरहेको छ । सर्वोच्च अदालतले समेत ललिता निवास प्रकरणमा मुख्य निर्णयकर्ताका रूपमा रहेकाहरूलाई छानबिनको दायरामा ल्याउने गरी आदेश दिए पनि सरकारले सर्वोच्चको सो आदेशको पालना गर्न सकेको छैन । स्रोतका अनुसार अहिले पनि कतिपय मन्त्री र प्रशासकहरू माफिया र बिचौलियाकै जालोमा रहेको बताइएको छ ।

वि.सं.२०६६ तिरको ललितानिवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्री तथा प्रशासक र कर्मचारीलाई जालोमा पार्ने मुख्य योजनाकारका रूपमा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी रहेका थिए । त्यसपछि व्यापारी मीनबहादुर गुरुङ यो खेलमा सहभागी भएका थिए । उनीहरूले पूर्व मन्त्री तथा प्रशासक र कर्मचारीलाई विभिन्न प्रकारले प्रलोभनमा पारेको पाइएको छ । उनीहरूले मन्त्री तथा कर्मचारीलाई काम गरिदिएबापत ठुल्ठुला र महत्वपूर्ण उपहारसमेत दिलाएको पाइएको छ । ललितानिवास प्रकरणमा प्रहरीले ४ सयभन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको छ भने केहीलाई पक्राउ गरिसकेको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि पक्राउ परेका छैनन् । यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडांैको अनियमितता गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण तथा पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत अहिले पुर्पक्षका लागि जेलमा बस्न बाध्य छन् ।

ललितानिवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि पूर्व मन्त्रीहरू गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ जारी गरिसकेको छ । सीआईबीले ललिता निवास प्रकरणमा किर्ते कार्य गरी टिप्पणी उठाएको तथा अन्य निर्णयमा गलत कार्य गरेको भन्दै तत्कालीन सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजी गरिरहेको छ । उनीहरू सबैजना अहिले फरार छन् । विगतमा विभिन्न मन्त्रालय र निकायमा रहेर सामाजिक रूपमा प्रतिष्ठित कहलिएका ती पूर्वसचिवहरूलगायत उच्च पदाधिकारीहरूविरुद्ध ललिता निवास प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै उनीहरूको प्रतिष्ठामा नराम्ररी धक्का लाग्न पुगेको छ । पक्राउ पुर्जी जारी भएका बस्न्यात अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तसमेत थिए ।

१ सय १२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चारवटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । जग्गा हिनामिना भएको मुद्दानम्बर २४ मा २ सय ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत मुछिनुभएको छ ।

यसै गरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दानम्बर २५ मा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको यो मुद्दामा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालसमेत मुछिएका छन् ।

मुद्दानम्बर २६ ९छुट जग्गा दर्ता० मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यसबारे अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएकोसम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित छ ।

वि।सं। २०४९ देखि २०६९ सालको अवधिमा ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको थियो । उक्त जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरू पनि मुछिएका छन् ।

अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्तसमेत रहेका तत्कालीन सहसचिव सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको प्रमुख भूमिकामा केशव दुलाल र सानु भण्डारी रहेका थिए । उनीहरू दुवैजना हाल हिरासतमा रहेका छन् । ललिता निवास जग्गा अनियमितता सम्बन्धमा सरकारद्वारा छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल आयोगले सो जग्गा व्यक्तिको नाममा हत्याउन शोभाकान्त र रामप्रसादले भूमाफियाको मुख्य भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको थियो । नेपाल समाचारपत्र