१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राप्रपाको आरोप–सरकार फेरि दमनमा उत्रियो, के चाहेको हो ?

राप्रपाको आरोप–सरकार फेरि दमनमा उत्रियो, के चाहेको हो ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो । उहाँले आईतवारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताउनु भयो । उहाँले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आईतवारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद कार्कीले प्रदर्शनको क्रममा घाइते भएका शिक्षकहरू र पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार फेरि दमनमा उत्रिएको छ । हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपमा लाठीचार्ज पानीको फोहोर असुर ग्यासको प्रयोग गरेर ६२ जना शिक्षकहरूलाई घाइते बनाएको छ । महिला शिक्षकहरूमाथि पनि अत्यन्तै दुव्र्यवहारपूर्वक लाठी चार्ज गरेर उनीहरूलाई पनि घाइते बनाएको छ । यो सरकारले के चाहेको हो । सोही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सविना कार्की पनि घाइते हुनुभएको छ । चैत १५ गते यो सरकारले एक पत्रकारलाई मा¥यो नै । अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ । म सरकारलाई भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गरियोस् । आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण तयार गरोस् ।”

उहाँले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई उनीहरूको माग पूरा गरेर अस्पताल पठाउने वातावरण तयार गर्न पनि सरकारसँग माग गर्नुभयो ।