२३ श्रावण २०८३, शनिबार
,
Latest
हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित गर्‍यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०–१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२–१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९–१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३–११ र इडेन ब्रिज एकेडेमी ९इबीए० ले साइ निलायमलाई २४–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साइ निलायमले इबीएलाई २२–१२ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।