• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले कान्तिपुरलाई ३१–१३ ले पराजित गर्‍यो । एक्सेल्सियरको जितमा राजीव थापाले ९ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०–४१ ले हरायो