५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सानदार जित, हालाण्ड एक्लैले गरे चार गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले वल्भ्सलाई ५–१ गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्डले चार तथा युलियन अल्भारेजले एक गोल गरे । वल्भ्सका हि चानले एक गोल फर्काए ।

हालाण्डले खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले ३५, ४५.३ (पेनाल्टी) र ५४ औं मिनेटमा गोल गरे । अल्भारेजले ८५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदुरी घटाएको छ । आर्सनलको ३६ खेलबाट ८३ अंक छ । एक खेल कम खेलेको सिटीको ८२ अंक छ । वल्भ्स ३६ खेलबाट ४६ अंकका साथ ११ औं स्थानमा छ ।