४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सानदार जित, हालाण्ड एक्लैले गरे चार गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले वल्भ्सलाई ५–१ गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्डले चार तथा युलियन अल्भारेजले एक गोल गरे । वल्भ्सका हि चानले एक गोल फर्काए ।

हालाण्डले खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले ३५, ४५.३ (पेनाल्टी) र ५४ औं मिनेटमा गोल गरे । अल्भारेजले ८५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदुरी घटाएको छ । आर्सनलको ३६ खेलबाट ८३ अंक छ । एक खेल कम खेलेको सिटीको ८२ अंक छ । वल्भ्स ३६ खेलबाट ४६ अंकका साथ ११ औं स्थानमा छ ।