९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बीएमसीए अन्तर विद्यालय बास्केटबलमा ५३ टिम सहभागी हुने

बीएमसीए अन्तर विद्यालय बास्केटबलमा ५३ टिम सहभागी हुने
अ अ+ अ-

काठमाडाैंः बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ समूह, सिनियर गल्र्सलाई ४ समूह र जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

तीनै विधाका विजेताले १५ हजार तथा उपविजेताले १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पुरस्कार गरिने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयास स्वरुप विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको बताउदै आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिइन् ।

बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गरे । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित आयोजकको कोर्टमा खेलाइने छ ।

एघार दिने प्रतियोगितामा १ सय १० खेल हुनेछ ।